केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आजको विदेशी मुद्राको विनिमयदर

सहयात्रा टिभी

काठमाण्डौं । श्रावण–२२, मंगलबारको लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर एक सय ९ रुपैयाँ ९२ पैसा तोकेको छ । आजको लागी अमेरिकी एक डलरको बिक्रि मूल्य १ सय १० रुपैयाँ ५२ पैसा कायम भएको छ ।

नेपाल राष्ट्र बैंकले आजको लागी जापानी १० यनको खरिददर ९ रुपैयाँ ८६ पैसा र बिक्रिदर ९ रुपैयाँ ९१ पैसा तोकेको छ भने कतारी एक रियालको खरिददर ३० रुपैयाँ १९ पैसा र बिक्रिदर ३० रुपैयाँ ३५ पैसा कायम गरेको छ ।

एक युरोको खरिददर १ सय २६ रुपैयाँ ७७ पैसा छ भने बिक्रिदर १ सय २७ रुपैयाँ ४६ पैसा रहेको छ । युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ४२ रुपैयाँ १३ पैसा छ भने बिक्रिदर १ सय ४२ रुपैयाँ ९० पैसा रहेको छ ।

आजका लागी कुवेती एक दिनारको खरिददर ३ सय ६२ रुपैयाँ ५८ पैसा र बिक्रिदर ३ सय ६४ रुपैयाँ ५६ पैसा रहेको छ ।

प्रकाशित : 7 August, 2018

प्रतिक्रिया दिनुहोस्