केपी ओली प्रचण्ड माधव नेपाल एमाले


१५ प्रतिशत बोनस शेयर जारी गर्दै एनएमबी बैंक

सहयात्रा टिभी

काठमाण्डौं । श्रावण–२३, एनएमबी बैंकले चुक्ता पुँजीको १५ प्रतिशतका दरले बोनस सेयर जारी गर्ने भएको छ । बैंकले १ अर्ब १४ करोड ४ लाख ९३ हजार ५ सय ९५ रुपैयाँ बराबरको बोनस शेयर वित्तरण गर्ने प्रस्ताव पारित गराउन  साउन ३१ गते साधारणसभा बोलाएको हो ।


सो शेयर वित्तरणका लागि साधारणसभाबाट पारित गराउनुपर्ने भएकाले श्रावण ३१ गते बैंकले स्टाफ कलेज जावलाखेलमा साधारणसधभा बोलाएको छ ।
बैंकले चुक्ता पुँजीको ०.७८९५ का दरले हुन आउने ६ करोड २५ हजार ९ सय ७९ रुपैयाँ नगद लाभाशं प्रस्ताव पनि स्वीकृत गराउनेछ ।
त्यसैगरि साधारणसभामा बैंकले जारी पुँजी ७ अर्ब ६० करोड ३२ लाख ९० हजार ६ सय ३४ रुपैयाँबाट बृद्धि गरेर ८ अर्ब ७४ करोड ३७ लाख रुपैयाँ पु¥याउन पनि साधारणसभाले स्वीकृति प्रदान गर्नेछ ।

प्रकाशित : 8 August, 2018

प्रतिक्रिया दिनुहोस्