केपी ओली प्रचण्ड माधव नेपाल एमाले


हालसम्म १२० श्रीमती भएका पुरुषको विवाह गर्ने अनौठो सौख

सहयात्रा टिभी

काठमाण्डौं । श्रावण–२४, प्रत्येक मानिसहरुको स्वभाव, रुचि र इच्छा फरक फरक हुन्छ । कुनै कुनै मानिसहरुको रुचि तथा सौख सुन्दा निकै आश्चर्य लाग्ने गर्छ हामीलाई । त्यस्तै विश्वमा एक त्यस्ता व्यक्ति छन्, जसको सौख सुन्दा विश्वास नै गर्न मुस्किल पर्छ ।
थाइल्याण्डका तम्बन प्रेजर्ट नाम गरेका एक व्यक्ति आफु जहाँ गयो त्यहिँ मन परेकी सुन्दर युवतीसँग विवाह गर्ने गर्छन् । डकर्मी पेसा भएका प्रेजर्टले आफु घर बनाउन जुन ठाउँ पुग्यो त्यहीँ कुनै युवती मन परेपछि विवाह गर्न मन लाग्ने सौख भएको बताएका हुन् ।

उनले हाल सम्म १ सय २० जना महिलासँग विवाह गरिसकेका छन् । ५८ वर्षका यी पुरुषले पहिलो पटक १७ वर्षको उमेरमा आफुभन्दा २ वर्ष कान्छी महिलासँग विवाह गरेका थिए ।
थाइल्याण्डको कानुनमा बहुविवाह गर्न नपाइने नियम भए पनि हाल सम्म उनलाई कानुनले छुन पनि सकेको छैन् ।

उनले आफुले गर्ने प्रत्येक विवाहमा पहिलाका श्रीमतीहरुबाट सहमति लिने गरेका छन्, जसले गर्दा उनी कानुनी रुपमा गलत सावित हुन् सकेका छैन् । त्यसैगरि विवाह गर्नु पूर्व नै उनले युवतीका परिवारहरुसँग समेत आफु विवाहित भएको बारेमा जानकारी गराउने गरेका छन् ।

त्यति मात्र नभई प्रेजर्टले आफ्नो प्रत्येक विवाह सामाजिक तथा धार्मिक संस्कार अनुसार नै गर्ने गरेका छन् ।
१२० श्रीमती भएका प्रेजर्टको सन्तान भने हाल सम्म २८ जना मात्र छन् । उनी धेरै सन्तान भने जन्माउन चाहँदैनन् ।
उनले सबै श्रीमतीहरुलाई हाल सम्म राम्रोसँग सम्हालेर राखेका छन् । उनका कुनै पनि श्रीमती आफ्ना धेरै सौता भएकोमा दुखी देखिन्दैनन् ।
प्रेजर्टले आफ्ना सबै श्रीमतीहरुका निमित्त छुट्टाछुट्टै घर बनाइदिएका छन् ।

प्रकाशित : 9 August, 2018

प्रतिक्रिया दिनुहोस्