केपी ओली प्रचण्ड माधव नेपाल एमाले


हत्या, हिंसा, बलात्कारका घटना बढ्दै, सम्वन्धित निकाय भने मौन

सहयात्रा टिभी

सहायात्राटीभी : श्रावण ११ गते कञ्चनपुरमा १३  वर्षीया निर्मला पन्तको बलात्कार पछि हत्या भएको अवस्थामा उखुबारीमा सब फेला प¥यो, निर्मलाको घटना सेलाउन नपाउँदै कैलालीको लम्कीचुहामा अर्की १३ वर्षीया बालिकाको आफ्नै छिमेकीद्धारा बलात्कार भएको घटना सार्वजनिक भयो । त्यसपछि लगत्तै २० गते काँडाघारीबाट अपहरणमा परेका ११ वर्षीय बालक निशान खड्काको अपहरणकारीद्धारा हत्या गरि जमिनमा गाडिएको घटनाले सम्पूर्ण नेपालीहरुमा स्तब्ध बनाएको छ ।

यी घटनाहरु त केहि प्रतिनिधि उदाहरण मात्र हुन् । कहिले बालबालिकाहरु अपहरण गरेर फिरौति मागेका घटना त कहिले अपहरण गरेर हत्या गरेका घटना, त्यसैगरि कहिलो सानी बालिकादेखि वृद्ध आमा सम्म बलात्कारको सिकार बनेका घटनाहरु सेलाउन नपाई दिनप्रतिदिन यस्ता दुखद घटना सार्वजनिक भइरहेका छन् ।

यस्ता घटनाहरु सार्वजनिक भएसँगै प्रत्येक मानिसहरु आफुलाई असुरक्षित महशुस गर्न थालेको देखिन्छ । विहान विद्यालय वा क्याम्पस गएका छोराछोरीहरु साँझ समयमा नै घर नफर्के सम्म चिन्तित रहने, प्रत्येक बाबुआमा छोराछोरी आफ्नो आँखा अघि रहेसम्म मात्र ढुक्क भएर बस्न सक्छन् । तर हालको व्यस्त समयमा दिनभर परिवार सँगै रहन पनि सम्भव हुँदैन् । बाबुआमा पनि कामका लागी घरबाहिर नै हुने गर्छन भने छोराछोरी पनि दिनभर विद्यालय र क्यम्पसमा।

साँझमा घरमा नै भेला हुने परिवारका सदस्य त दिनभर एकचित्त भएर काममा लाग्न सक्दैनन्, भने अझ काम तथा पढाइको शिलशिलामा परिवारबाट अलग रहेका छोराछोरीको चिन्ताले कलि सताउला ति आमा बुबालाई त्यो हामी सजिलै अनुमान लगाउन सक्छौँ ।

दिनप्रतिदिन हत्या, हिंसा, बलात्कार लगायतका अपराधिक घटनाहरु बढेसँगै सबैमा त्रास उत्पन्न भएको छ । देशभर यस्ता खाले हिंसात्मक घटनाहरु दिनप्रतिदिन बढिरहँदा सम्बन्धित पक्ष वा सरोकारवाला निकायहरु भने मौन किन ?

एक घटना सेलाउन नपाउदै अर्को भयानक घटना घटिरहेको अस्थामा केवल ति घटनाहरुले सञ्चार माध्यमहरुको निम्ति ब्रेकिङ् न्यूज र केहि दिनका लागी समाचारको विषय बन्नु भन्दा बाहेक अन्य ठाउँमा स्थान पाएको देखिदैन । यदि यी विषयमा सम्बन्धित निकायले ध्यान दिएर समयमा नै यस्ता घटनाहरु नियन्त्रणका उपाय नअपनाउने हो भने विस्तारै मुलुकमा द्धन्द्ध उत्पन्न नहोला भन्न सकिदैन ।

यस्ता घटनाहरु कम नभएसम्म कुनै पनि बाबुआमा ढुक्क भएर काम गर्न र ढुक्कको निन्द्रा निदाउन पाउने छैनन् भने देशका कुनै पनि नागरिकहरुले आफुलाई सुरक्षित महशुस गरि ढुक्क भएर हिँडडुल गर्न समेत सक्ने वातावरण नहुने निश्चित छ ।

प्रकाशित : 9 August, 2018

प्रतिक्रिया दिनुहोस्