केपी ओली प्रचण्ड माधव नेपाल एमाले


ग्ल्यासियरको पानी विदेशमा बेच्छौँ : मन्त्री बिना मगर

सहयात्रा टिभी

काठमाण्डौं । श्रावण–२७, खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले नेपालका हिमतालको पानी विदेशमा बेच्ने योजना सुनाएकी छन्। शनिबार पोखराको खानेपानीको मुहान मर्दी क्षेत्रमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बिनाले ग्ल्यासियरको पानी बेच्ने गरी योजना तयार भइरहेको बताएकी हुन् ।

कार्यक्रममा उनले नेपाल खानेपानी संस्थानले खानेपानीको अन्तर्राष्ट्रिय व्यापारको संभावनाबारे अध्ययन गरिरहेको बताउँदै ‘एभरेष्ट वाटर’को नामबाट उक्त पानीको अन्तर्राष्ट्रिय स्तरमा व्यापार गर्ने बताइन् ।
कार्यक्रममा मन्त्री बिनाले विरुवा सार्नुको साथै शवदहस्थल समुदायलाई हस्तान्तरण गरिन ।
पोखरा उद्योग वाणिज्य संघको अगुवाइमा नेपाल खानेपानी संस्थान तथा पोखरा महानगरपालिकाको सहयोगमा पोखराको खानेपानीको मुहान मर्दी क्षेत्रमा निर्मित शवदहन गृह, प्रतिक्षालय र शौचालय समुदायलाई हस्तान्तरण गर्दै पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले सबै नागरिकलाई शुद्ध र स्वच्छ खानेपानी खुवाउन सरकार लागिपरेको बताए।

प्रकाशित : 12 August, 2018

प्रतिक्रिया दिनुहोस्