केपी ओली प्रचण्ड माधव नेपाल एमाले


काठमाडौँमा आज देखी एसि बस सञ्चालनमा

सहयात्रा टिभी

काठमाण्डौं । श्रावण–२७, उपत्यकाका यात्रुहरुको मागलाई मध्यनजर गर्दै आज देखी एसि सहितका सुविधा सम्पन्न १० बस सञ्चालनमा आएका छन् । काठमाण्डौं उपत्यकामा पहिलो पटक थ्रिप्ट मल्टी पर्पोज प्रा.ली ले समृद्धि यातयातका १० बस सञ्चालनमा ल्याएको हो ।

आजको दिनभर यी बसले सबै यात्रुलाई निशुल्क सेवा दिनेछन् । यी बस बिहान ६ देखी बेलुका ८ बजे सम्म नयाँ बसपार्क, महाराजगञ्ज,लाजिम्पार्ट, रत्नपार्क, त्रिपुरेसोर, कलंकी र पुन बसपार्क हुँदै दैनिक त्यहि रुटमा चल्ने छन्।

त्यस्तै नयाँ बसपार्क, महाराजगंज गौशला, एर्पोट तिनकुने, बानेश्वर,रत्नपार्क सम्मका रुटमा पनि यात्रुलाई सेवा दिइने छ । समृद्धि यातयात अपाङ्ग मैत्री हुनुका साथै यसले बस भित्रै मेवाईल चार्ज गर्न मिल्ने, धुलो धुँवा रहित, मल्टी मिडिया, वाइफाइ र एसिको व्यवस्था लगायतका थुप्रै सेवा दिने बताइएको छ ।

प्रकाशित : 12 August, 2018

प्रतिक्रिया दिनुहोस्