केपी ओली प्रचण्ड माधव नेपाल एमाले


असोजसम्म बैंकको ब्याजदर नघट्ने निश्चित

सहयात्रा टिभी

काठमाण्डौं । श्रावण–२७, अहिले निक्षेप तथा कर्जाको व्याजदर किन घटेन भन्ने जिज्ञासा आइरहेकै बेला नेपाल बैंकर्स एशोसिएसनले भने पहिलो त्रैमास (असोज)देखि मात्र ब्याजदर घट्न थाल्ने जनाएको छ ।

बैंकमा तरलताको मात्रा राम्रै देखिए पनि अहिले बैंकहरुबाट लगानी नभइरहेको र निक्षेप पनि नबढेका कारण तत्कालै ब्याजदर नघटेर दसैँ पछि घट्ने बैंकर्स एशोसिएसनका कार्यसमति सदस्य एवं कृषि विकास बैंकका सीईओ लीलाप्रकाश सिटौलाले जनाएका हुन् ।

नेपाल राष्ट्र बैंकले बैंकहरुलाई दिएको सिआरआरको (अनिवार्य नगद अनुपात) सिमामा कमी, विदेशबाट साथै भारतबाट पनि ऋण ल्याउन सक्ने लगायत सुविधाले त्यसको असर देखिन आर्थिक वर्षको कम्तीमा एउटा त्रैमाससम्म कुर्नुपर्ने बताइएको छ ।

अहिले बैंकहरुले ११ प्रतिशतसम्म निक्षेपमा ब्याज दिने गरेका छन् । तर, कर्जाको ब्याजदर भने उनीहरुले १६ प्रतिशतसम्म लिने गरेका छन् ।

बैंकरहरुले तत्काल ब्याजदर घटाउन नसकिने बताएसँगै दशैंअघि ब्याज नघट्ने पक्का भएको छ । वाणिज्य बैंकहरुले कर्जाको ब्याजदर घटाउन नसक्ने बताएपछि उद्योगी व्यवसायीहरु रुष्ट बनेका छन् ।

प्रकाशित : 12 August, 2018

प्रतिक्रिया दिनुहोस्