केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुन तस्करीका ठूला माछा पनि छानबिनको दायरामा

सहयात्रा टिभी

काठमाण्डौं । श्रावण–३०, पछिल्लो समयमा भएको सुन तस्करीमा संलग्न समूहलाई पनि कारबाहीको दायरामा ल्याइएको गृहमन्त्री रामबहादुर थापाले खुलासा गरेका छन् । मंगलबार संघीय संसद दीगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री थापाले ३३ किलो सुन तस्करीका लागि गठित छानबिन समितिले सुन तस्करीमा संलग्न ठूला माछालाई छानबिनको दायरामा ल्याएको दाबी गरेका हुन् ।

नेपालमा पछिल्लो तीन वर्षयता मात्रै करिब ४ हजार किलो सुन तस्करी भएको खुलासा गर्दै  उनले सुन तस्करीको सञ्जाल ध्वस्त पार्न सरकार सफल भएको दाबी पनि गरे।
गृहमन्त्री थापाले नेपालमा सुन तस्करी हुने मुख्य ठाउँ भने दुवही रहेको पनि छानबिनबाट पत्ता लगाइएको बताए।
गृहमन्त्री थापाले कार्यक्रममा सरकारले संघीयता अनुसार प्रहरीको संरचनाको कामलाई पनि अघि बढाइएको बताए । साथै उनले सडक लगायतका पूर्वाधार निर्माणको काममा ढिलाइ गर्ने ठेकेदारहरूलाई कारबाही गर्ने कामलाई पनि सरकारले निरन्तरता दिइरहेको बताएका छन् ।

प्रकाशित : 15 August, 2018

प्रतिक्रिया दिनुहोस्