केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भिख माग्नेलाई पनि कारबाहि

सहयात्रा टिभी

काठमाण्डौं । श्रावण–३०, भिख माग्ने मानिसहरु भन्ने वित्तिकै हामीलाई अपाङ्ग, अशक्त, वृद्धवृद्धा, अभिभावक विहिन बालबालिकाहरु अथवा गरिब परिवारका बालबालिकाहरु जो बाटोमा विभिन्न तरिका अपनाई भिख मागिरहेका हुन्छन् उनीहरुलाई सम्झने गर्दछौँ । वास्तवमा हाम्रो देशमा काठमाण्डौं उपत्यकामा मात्र हेर्ने हो भने प्रयत्येक पाइलै पिच्छे भिख मागेर बसिरहेका मानिसहरु भेट्छौँ । बाटोका छेउमा बसिहरेका वा लडिरहेका, आकाशे पुलमा, गित गाएर, बाजा बजाएर, कुनै सम्बन्धित कार्यालयले वा अस्पतालले दिएका सिफारिस देखाएर माग्ने मानिसहरु प्रशस्त नै भेटिन्छन् ।


अब भने सरकारले यस्ता माग्ने मानिसहरुको लागी पनि नियम कानुन तयार गरेको छ । भाद्र १ बाट लागु हुने गरि माग्ने मानिसहरुलाई पनि सजाय तोकिएको हो ।
ऐनको दफा १२६ मा ‘कसैले कुनै सार्वजनिक स्थानमा भिक्षा माग्न वा बालबालिकालाई गीत गाउने, नाच्ने, खेल्ने वा वा कुनै काम गर्ने बाहनामा वा अन्य व्यक्तिलाई कुनै प्रकारको रकम वा ज्याला दिई भिक्षा माग्न वा भिक्षा माग्न दुरुत्साहन दिनुहुँदैन’ भनिएको छ ।

पहिलोपटक भिक्षा मागेमा एक महिना कैद वा १ हजार जरिवाना लाग्छ । दोस्रो पटकदेखि प्रत्येक पटक २ महिनासम्म कैद वा २ हजार जरिवाना गर्ने ऐनमा उल्लेख गरिएको छ ।

ऐनमा भिख माग्नेलाई भन्दा पनि भिख माग्न लगाउनेलाई बढि सजाय तोकिएको छ । पहिलो पटक भिक्षा माग्न लगाएको भए १ वर्षसम्म कैद वा १० हजार जरिवाना र दोस्रो पटकदेखि ३ वर्षसम्म कैद वा ३० हजार जरिवाना लाग्नेछ ।

तर धार्मिक परम्परा अनुसार पहिदेखि भिख माग्दै आएका शाधु, शन्त, जोगीहरुको हकमा भने यो नियम लागु हुने छैन् । उनीहरुलाई भने भिक्षा माग्न छुट दिइएको छ ।

प्रकाशित : 15 August, 2018

प्रतिक्रिया दिनुहोस्