केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सेयर बजार दोहोरो अंकले बढ्यो, कारोबार रकम दोब्बर

सहयात्रा टिभी

काठमाण्डौं । श्रावण–३०, आज सेयर बजार दोहोरो अंकले बढेको छ । २८ दशमलव ७३ अंकले बढेको बजारमा कारोबार पनि अघिल्लो दिनको तुलनामा दोब्बर भएको छ । आज ३६ करोड एक लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबारमा १६५ कम्पनी सामेल थिए ।
सबैभन्दा बढी निर्जीवन बिमा २ सय ५ दशमलव ६४ र जीवन बिमा १ सय २९ दशमलव ८२ अङ्कले बढेको छ । बैङ्किङ २४ दशमलव ८६ अङ्कले बढेको छ ।

आजको दिन स्वरोजगार लघुवित्त वित्तीय संस्थाको सेयर ९ दशमलव ६६ प्रतिशतले बढेको छ वोमी माइक्रोफाइनान्सको सेयर १० प्रतिशतले घटेको छ ।

यस्तै नेप्सेमा आरम्भ माइक्रोफाइनान्सको सेयर ८ सय ३८ पटक कारोबार भएको छ र प्राइम कर्मसियल बैङ्कको संस्थापक सेयर ८० हजार पटक किनबेच भएको छ ।

प्रकाशित : 15 August, 2018

प्रतिक्रिया दिनुहोस्