केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आजबाट नयाँ मुलुकी ऐन लागु, छ अपराधका लागी आजीवन कैदको व्यवस्था

सहयात्रा टिभी

काठमाण्डौं । भदौ–१, आज भदौ १ गतेबाट नयाँ कानुन मुलुकी अपराध (संहिता) ऐन, २०७४ लागु हुँदैछ । १९१० सालमा तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले निर्माण गरेको ‘मुलुकी ऐन’ प्रतिस्थापन गरी आजबाट नयाँ ऐन लागु गरिएको हो ।

मुलुकी अपराध संहिता अन्तर्गत मुलुकी अपराध संहिता, मुलुकी फौजदारी कार्यविधि, कसूर सजाय निर्धारण तथा कार्यान्वयन ऐन रहेका छन् । मुलुकी देवानी र फौजदारी कानून निर्माण गर्दा ६० प्रतिशत मुलुकी ऐन, २० प्रतिशत अदालतले प्रतिपादन गरेका नजीर र २० प्रतिशत अन्तर्राष्ट्रिय कानूनलाई आधार बनाइएको छ ।

आजबाट लागु हुने मुलुकी ऐनमा छ वटा अपराधका लागी आजीवन कैदको व्यवस्था गरिएको छ । ऐनमा क्रुर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेमा, वायुयान अपहरण गरी वा वायुयान विष्फोट गरी ज्यान मारेमा, अपहरण वा शरीर बन्धक गरी ज्यान मारेमा, पेय पदार्थमा विष हाली मारेमा, कुनै पनि जातजाति वा सम्प्रदायको अस्तित्व नै लोप हुने जातिहत्या गर्ने उद्देश्यले कसूर गरेमा, जबर्जस्ती करणी गरेमा आजीवन कैद गरिने व्यवस्था उल्लेख गरिएको छ ।

प्रकाशित : 17 August, 2018

प्रतिक्रिया दिनुहोस्