एसियाली खेलकुदमा नेपाली टोली भियतनामसँग पराजित

काठमाण्डौं । भदौ–१, इन्डोनेसियामा जारी १८ औं एसियाली खेलकुद अन्तर्गतको पुरुष फुटबलमा नेपाल भियतनामसँग पराजित भएको छ। विहिवार सम्पन्न खेलमा नेपालको यु–२३ टोली भियतनामसँग २-० ले पराजित भएको हो।
पहिलो खेलमा जापानसँग १-० ले पराजित भएको नेपालले भियतनामसँग सुधारिएको खेल देखाउने अपेक्षा गरिए पनि नेपालले गोल गर्न भने सकेन ।
खेलको ३१ औ मिनेटमा गुएनले गोल गर्दै भियतनामलाई सूरुवाती अग्रता दिलाएका थिए।
खेलको ६४ औ मिनेटमा फान भान डकले गोल गर्दै भियतनामको जित सुनिश्चित गरेका हुन्। हारसँगै नेपालको अघिल्लो चरणको सम्भावना सकिएको छ।
समूह चरणको पहिलो खेलमा नेपाल जापानसँग १–० ले पराजित भएको थियो। समूह चरणको अन्तिम खेलमा नेपालले अब पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।