केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कांग्रेसले जितेको ठाउँमा कर बढाउन नदिने कांग्रेसका महामन्त्री कोइरालाको दाबी

सहयात्रा टिभी

काठमाण्डौं । भदौ–३, प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कांग्रेसले चुनाव जितेको ठाउँमा कर बढाउन नदिने बताएका छन् । शनिबार विराटनगरमा संचारकर्मीहरुसँग कुरा गर्दै जनतालाई मारमा पार्ने गरी तोकिएको कर सरकारले घटाउनु पर्ने बताउँदै नेपाली काङ्ग्रेसले जितेको स्थानीय तहमा कर वृद्धि गर्न नदिने जानकारी दिएका हुन् ।

त्यसैगरि महामन्त्री डा. कोइरालाले सङ्घीयतालाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको समेत बताएका छन्।

कोइरालाले सङ्घीयताको अभ्यास पहिलो भएकाले केही नमिलेको जस्तो देखिए पनि संविधानमै व्यवस्था भएकाले यसको सफल कार्यान्वयनका लागि सबैलाई आग्रह समेत गरेका छन् ।

प्रकाशित : 19 August, 2018

प्रतिक्रिया दिनुहोस्