ला लिगामा एलाभेसलाई हराउँदै बार्सिलोनाको प्रभावशाली जीत

एजेन्सी । श्रावण–३, ला लिगाको नयाँ सिजनमा बार्सिलोनाले एलाभेसलाई हराउँदै प्रभावशाली जीत हात पारेको छ । मेसीको कप्तानीमा मैदान उत्रिएको बार्सिलोनाले एलाभेसलाई ३–० ले हराएर जीत आफ्नो पक्षमा पारेको हो ।
मेस्सीले ६४ औं मिनेटमा गोल गरेर सुरुआती अग्रता दिलाएका थिए । दोस्रो हाफमा मैदान छिरेका कोन्टिन्होले ८३ औं मिनेटमा गोल गरेर अग्रता दोब्बर बनाए । उन्जुरी समयको दोस्रो मिनेटमा पुनः मेस्सीले नै अर्को गोल थपेपछि बार्सिलोना ३–० ले विजयी भएको हो ।
खेलको पहिलो हाफसम्म कुनै पनि गोल हुन सकेको थिएन् । बार्सिलोनाले तिनवटै गोल दोस्रो हाफ पछि गरेको हो ।