केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कालीमाटीमा सरकारी टोलिको अनुगमन, तरकारी सहितको दुई ट्रक नियन्त्रणमा

सहयात्रा टिभी

काठमाण्डौं । भदौ–४, सरकारी अनुगमन टोलीले काठमाडौंको कालिमाटीस्थित तरकारी बजारबाट दुई वटा ट्रक नियन्त्रणमा लिएको छ । बाणिज्य, आपूर्ति मन्त्रालयको टोलीले आज विहान तरकारी बजारको अनुगमनका क्रममा उपत्यका बाहिरबाट फर्सी र काँक्रो लिएर आएका दुई ट्रकसँग बिलविजक लगायतका कागजात नभेटिएपछि नियन्त्रणमा लिएको हो ।


तरकारीको मुल्य अत्यन्तै बढेको भन्दै जनताको गुनासो आएपछि सरकारी टोलीले आज कालिमाटी तरकारी बजारको अनुगमन गरेको हो । टोलीले तरकारी पसलहरु र तरकारी आयात नियात गर्ने सवारीहरुको अनुगमन गरेको छ ।

सरकारी टोलीले अनुगमन गरेको र ट्रक नियन्त्रणमा लिएको भन्दै व्यवसायिहरुले भने नारावाजी गरेको छन् । व्यवसायिहरुको नारावाजी र विरोधका कारण आज विहानैबाट कालिमाटी तरकारी तथा फलफुल बजार तनावग्रस्त बनेको छ ।

त्यसैगरि अनुगमनका क्रममा किसानले बिक्री गर्दाको भन्दा ५ गुणासम्म बढी तरकारीको बिक्री मूल्य पाइएको टोलीले जनाएको छ ।

टोलीले यसअघि धादिङ, चितवन, मकवानपुर लगायतका जिल्लामा पुगेर किसानले पाउने मूल्य र उपभोक्ताले तिर्ने मुल्यबारे अनुसन्धान गरेको थियो । उक्त अनुसन्धानबाट पनि किसानले पाउने मुल्य र उपभोक्ताले तिर्ने तरकारीको मुल्यविच धेरै भिन्नता पाइएको अनुगमन टोलीले जानकारी गराएको छ ।

प्रकाशित : 20 August, 2018

प्रतिक्रिया दिनुहोस्