केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सरकारद्धारा आठ संवैधानिक आयोग गठन प्रक्रिया एकैसाथ सुरु

सहयात्रा टिभी

काठमाण्डौं । भदौ–५, सरकारले विभिन्न आठ संवैधानिक आयोग गठन प्रक्रिया एकैसाथ सुरु गरेको छ । संविधान जारी भएको झन्डै तीन वर्षपछि सरकारले आयोग गठनको प्रक्रिया सुरु गरेको हो।

परिषद्को सूचना अनुसार उक्त आठ आयोग अन्तर्गत राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, मधेशी आयोग, राष्ट्रिय जनजाति आयोग, थारु आयोग, र मुस्लिम आयोग रहेका छन् ।

महिला र दलित आयोग यसअघि पनि प्रचलनमा थिए भने अन्य आयोगहरु संविधान जारी हुने समयमा थप गरिएका हुन् ।

संवैधानिक परिषद्को सचिवालयले संवैधानिक निकायका अध्यक्ष र सदस्यहरूको रिक्त विवरणसहित रोष्टर तयार पार्ने प्रयोजनका लागि दरखास्त समेत माग गरेको छ ।

प्रकाशित : 21 August, 2018

प्रतिक्रिया दिनुहोस्