च्याम्पियन्स लिगको उत्कृष्ट तीनमा रोनाल्डो, मोड्रिच र शलाह

एजेन्सी । भदौ–५, युइएफएको च्याम्पियन्स लिगको उत्कृष्ट खेलाडीको अवार्डका लागी क्रिस्टियानो रोनाल्डो, लुका मोड्रिच र मोहमद शलाह मनोनयनमा परेका छन् । ८० जना प्रशिक्षक र ५५ पत्रकारहरुले शीर्ष तीन स्थानमा उनीहरुलाई छनौट गरेका हुन् ।
अब ८० प्रशिक्षक र ५५ पत्रकारको मतबाट पुन रोनाल्डो, मोड्रिच र शलाह मध्ये एक बिजेता बन्नेछन् । यस अवार्डका लागी लिओनल मेस्सी अन्तिम १० बाटै बाहिरिएका थिए भने नेइमार मनोनयनमा नै परेनन् ।
यो अवार्ड सन् २०१०–११ बाट सुरु गरिएको हो । यस अवार्डका हाल सम्मका बिजेताहरुमा आन्द्रेस इनियेस्टा, फ्रांक रिबरी र रोनाल्डो रहेका छन् । रोनाल्डोे लगातार दुई पटक यो अवार्डको विजेता बनि सकेका छन् । ३० अगष्टमा मोनाकोमा च्याम्पियन्स लिगको समूह चरणको ड्रका क्रममा विजेता घोषणा गरिने छ ।