केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मंगलबार नेप्सेमा ४ अंकको गिरावट

सहयात्रा टिभी

काठमाण्डौं । भदौ–५, सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज पनि गिरावट आएको छ । साताको पहिलो दिनदेखि घटेको नेप्से आज मङ्गलबार ४ दशमलव २० अङ्कले घटेको छ । आज कारोबार सुरु भएदेखि घटेको नेप्से ६ अङ्कको गिरावट आएपछि केही सुधार आउँदै अन्त्यमा ४ अङ्कमा रोकिएको हो ।


आज १ सय ६१ कम्पनीका ३ हजार १ सय ५४ कारोबारबाट ५ लाख ५७ हजार ४ सय ४३ कित्ता सेयर किनबेच भई १७ करोड ५० लाख ९६ हजार ८ सय ३ रुपैयाँ बराबरको कारोबार भएको छ, जुन सोमबारको कारोबार रकमभन्दा ५ करोडले कम हो ।
मङ्गलबार नेप्सेमा कारोबार भएका ११ समूहमध्ये ३ समूहमा सुधार आएको छ भने ८ समूहमा गिरावट आएको छ । व्यापार २ दशमलव ९५, निर्जीवन बिमा ४ दशमलव ४७ र अन्य १ दशमलव ४७ अङ्कले सुधार आएको छ ।
त्यसैगरि उत्पादनमूलक २२ दशमलव ८५, लघुवित्त १० दशमलव ३३, होटल ८ दशमलव ७६, बैङ्किङ ५ दशमलव ३, विकास बैङ्क ३ दशमलव १८, जलविद्युत् १ दशमलव ७९, वित्त २ दशमलव ९४ र जीवन बिमा शून्य दशमलव ५१ अङ्कले घटेको छ ।

प्रकाशित : 21 August, 2018

प्रतिक्रिया दिनुहोस्