केपी ओली प्रचण्ड माधव नेपाल एमाले


जिल्ला समन्वय समितिका अधिकृतमाथि छुरा प्रहार

सहयात्रा टिभी

रामेछाप । भदौ–७, जिल्ला समन्वय समिति रामेछापका कार्यक्रम अधिकृत नारायण सुवेदीमाथि छुरा प्रहार भएको छ । बुधबार राति ९ बजेतिर मुखमा मास्क लगाएर आएका एक अज्ञात व्यक्तिले सुवेदीमाथि छुरा प्रहार गरेको हो ।

घटनाको समयमा अधिकृत सुवेदी मन्थली–१ मच्छेडाँडीमा रहेको आफ्नै निवासको कोठामा थिए भने उनका अन्य परिवारका सदस्यहरु पनि आ–आफ्नै कोठामा रहेको बताइएको छ ।

सुवेदीको पेटमा छुरा प्रहार गरिएको छ । उनलाई तत्कालै तामाकोसी सहकारी अस्पताल पु¥याइ प्रथमिक उपचार गराएर त्यहाँबाट काभ्रेपलाञ्चोकको धुलिखेल अस्पताल लगेर राति नै शल्यक्रिया गरिएको सुवेदीको परिवारले जनाएको छ ।

घटनाबाट सुवेदीको आन्द्रा काटिएको थियो तर शल्यक्रिया पछि उनी खतरामुक्त भएको चिकित्सकहरुले बताएका छन् ।
छुरा प्रहार गर्ने व्यक्तिले मुख छोपेकाले चिनिन नसके पनि उसले प्रयोग गरेको छुरा भने घटना स्थलमा फेला परेको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित : 23 August, 2018

प्रतिक्रिया दिनुहोस्