केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बेरोजगारले भत्ता पाउने विधेयक संसदमा दर्ता

सहयात्रा टिभी

काठमाण्डौं । भदौ–७, बेरोजगारीलाई भत्ता उपलब्ध गराउने विधेयक सरकारले संसदमा दर्ता गराएको छ । श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले दर्ता गराएको ‘रोजगारीको हक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा वेराजगार भत्ताको व्यवस्था गरिएको छ।

उक्त विधेयकमा नेपाल सरकारले रोजगार सेवा केन्द्रमा सूचिकृत बेरोजगार व्यक्तिलाई न्यूनतम रोजगार उपलब्ध गराउन नसके बेराजगारी भत्ता प्रदान गर्ने व्यवस्थाको उल्लेख गरिएको छ ।

विधेयकमा उल्लेख भए अनुसार परिवारको कुनै पनि सदस्यले तोकिए बमोजिमको रोजगारी नपाएमा, नेपाल सरकारले तोकेभन्दा कम वार्षिक आय भएका परिवारलाई, परिवारको कुनै पनि सदस्य स्वरोजगार नभएमा, परिवारको कुनै सदस्य वैदेशिक रोजगारीमा नगएको अवस्थामा मात्र सरकारले बेरोजगार भत्ता प्रदान गर्ने छ ।

सरकारी कोष वा अन्य मुलुक, अन्र्तराष्ट्रिय, अन्तरसरकारी संघ, संगठन वा अन्य कुनै संस्थाबाट नियमित निवृत्तभरण वा अवकाश सुविधा लिइरहेका, नेपाल सरकारको सहायता सम्बन्धी अन्य कोषबाट नियमित रुपमा कुनै पनि किसिमको सहायता प्राप्त गरेको व्यक्तिको परिवारले यो भत्ता पाउने छैन।

प्रकाशित : 23 August, 2018

प्रतिक्रिया दिनुहोस्