अमेरिकामा हुने भए ला लिगा बहिस्कार गर्ने कप्तानहरुको चेतावनी

काठमाण्डौं । भदौ–७, स्पेनिस ला लिगाका कप्तानहरुले ला लिगा बहिस्कार गर्ने चेतावनी दिएका छन् । ला लिगाले अमेरिकी मिडिया कम्पनी रेलेभेन्टसँग ला लिगाका प्रमुख खेलहरु अमेरिकामा गराउने सहमति गरेपछि कप्तानहरुको बैठक बसेर लिगा बहिस्कार गर्ने चेतावनी दिएका हुन् ।
कप्तानहरुको आपत्तिजनक बैठकमा रियल मड्रिडका सर्जिओ रामोस, बार्सिलोनाका बुस्केट पनि सहभागी थिए । १५ वर्षे सम्झौता गर्दा खेलाडीहरुसँग कुनै परामर्श नगरेकोमा खेलाडी संघले पनि असन्तुष्टि जनाएको छ ।
यसै विचमा एएफईका अध्यक्ष डेविड अगान्जोले भनेका छन्, ‘ यो कमन सेन्सको कमी हो । एक कार्यक्रम जहाँ नाफाको मात्र हिसाव भएको छ । फ्यानको कुनै हिसाव छैन ।’
खेलाडिहरुले पनि कप्तानहरुले लिगा बहिस्कार गर्ने चेतावनीलाई अस्विकार गरेका छैनन् । उनीहरुले आफुहरुले त्यति सोचिनसकेको तर आवश्यक प¥यो भने सोच्न पनि पछि नपर्ने बताएका छन् ।