केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेपाल प्रेस युनियन अधिवेशन असोज १० गते हुने

सहयात्रा टिभी

काठमाण्डौं । भदौ–८, नेपाल प्रेस युनियन काठमाडौँ जिल्ला शाखाको आठौँ अधिवेशन आउँदो असोज १० गते हुने भएको छ । आज भृकुटीमण्डपमा बसेको शाखा कार्यसमितिको बैठकले युनियन अधिवेशन असोज १० गते गर्ने निर्णय गरेको हो ।

आजको बैठकमा भदौ १५ गतेसम्म सबै नयाँ सदस्यले आवेदन दिइसक्नुपर्ने र भदौ १८ गतेसम्म पुरानो सदस्यता नवीकरण गर्नुपर्ने निर्णयसमेत गरिएको छ ।

अधिवेशन सम्पन्न गर्नका लागि युनियन काठमाडौँ शाखाका अध्यक्ष नकुल अर्यालको संयोजकत्वमा १०१ सदस्यीय अधिवेशन मूल समारोह समिति गठन गरिएको छ ।
केन्द्रीय समितिले प्रदेश समितिको अधिवेशन भने आगामी मङ्सिर १ गते तथा केन्द्रीय समितिको अधिवेशन मङ्सिर २८ र २९ गते गर्ने निर्णय गरेको छ ।

प्रकाशित : 24 August, 2018

प्रतिक्रिया दिनुहोस्