केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आज जनैपूर्णिमा देशभर धुमधामका साथ मनाइँदै

सहयात्रा टिभी

काठमाण्डौं । भदौ–१०, हिन्दु धर्मावलम्बीहरुले आज जनैपूर्णिमा धुमधामका साथ मनाउँदै छन् । महर्षि याज्ञवल्क्यले आजकै दिन आदित्य ब्रह्मबाट वेद प्राप्त गरेको विश्वास अनुसार वेदजयन्तीको रुपमा पनि आजको दिनलाई चिनिने गरिन्छ ।

आज मन्दिर, खोला, पोखरी, पानीको मूल आदि स्थानमा व्रम्हाणद्वारा मन्त्रोच्चारण गरी जनै फेर्ने वा रक्षवन्धन बाँध्ने गरिन्छ ।
धार्मिक मान्यता अनुसार आजको दिनमा डोरा बाँध्नाले रोग व्याध नलाग्ने, सुख शान्ति मिल्ने विश्वास गरिन्छ । आज हातमा रातो, पँहेलो रङको डोरा बाँधिन्छ, जुन डोरा लक्ष्मीपूजाको दिन गाईको पुच्छरमा बाँधिदिने प्रचलन छ ।

आजको दिन पुरानो जनै फेरेर नयाँ जनै लगाउने गरिन्छ । वैदिक सनातन वर्णाश्रम धर्म मान्ने तागाधारीहरुले अघिल्लो दिनदेखि नै शरीर शुद्ध राखी एक छाक खाने, त्यस दिन बिहानै नित्यस्नान, प्रातःसन्ध्योपासना गर्नेगर्छन् ।

आज नै दिदीबहिनीहरूले आफ्ना दाइभाइको हातमा पवित्र धागो रक्षाबन्धन बाँधेर, टीका लगाएर मिठाई खुवाउने प्रचलन पनि छ। परम्परा अनुसार जनैपूर्णिमामा नौ थरीका गेडागुडी मिसाई भिजाएर टुसा उम्रेपछि क्वाँटी बनाई खाने चलन पनि रहिआएको छ।

प्रकाशित : 26 August, 2018

प्रतिक्रिया दिनुहोस्