केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बल्खु तरकारी बजारमा सरकारी टोलीको छापा, अधिकांश पसल अवैध ठहरिए

सहयात्रा टिभी

काठमाण्डौं । भदौ–११, राजधानीको बल्खुस्थित तरकारी बजारमा उद्योग वाणिज्य तथा आपूर्ति विभागको टोलीले छापा मारेको छ । विभागको टोलीले सोमबार बिहान ४ बजे तरकारी बजारमा छापा मारि अधिकांश पसल विना दर्ता सञ्चालन भएको खुलासा गरेको हो ।

पसल सञ्चालन गर्दा प्यान दर्ता गरेर मात्र सञ्चालन गरिनु पर्ने भए पनि अधिकांश पसल विना दर्ता सञ्चालन गरिएको अनुगमनको क्रममा खुलेको छ ।

अनुगमनमा खटिएका सरकारी टोलीलाई व्यापारीहरुले अवरोध समेत गर्न खोजेका थिए, जसले गर्दा तरकारी तथा फलफुल बजार केहि समयसम्म तनावग्रस्त समेत हुन पुग्यो ।

सरकारी टोलीलाई अवरोधको प्रयास गरेको अभियोगमा व्यापारी रवि साहलाई कालिमाटि प्रहरीले पक्राउ समेत गरेको बताइएको छ। प्रहरीले साहलाई पक्राउ गरेपछि अन्य व्यापारिहरुले पसलभित्र र बल्खुचोकमा निस्किएर विरोध प्रदर्शन समेत गरेका छन्  ।

प्रकाशित : 27 August, 2018

प्रतिक्रिया दिनुहोस्