केपी ओली प्रचण्ड माधव नेपाल एमाले


गण्डकी प्रदेशको कर वृद्धिबारे बुझ्न सामान्य प्रशासन मन्त्रालयको टोली  पोखरामा

सहयात्रा टिभी

पोखरा । भदौ–१२, कर वृद्धिबारे वास्तविकता बुझ्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको टोली पोखरा आउने भएको छ । पोखरा महानगरपालिकाले एकीकृत सम्पति कर बढाएको भन्दै पछिल्लो समय चर्को आलोचना भएपछि मन्त्रालयको टोली पोखरा आउने भएको हो ।

सामान्य प्रशासन मन्त्रालयले गण्डकी प्रदेशका सम्पूर्ण जनप्रतिनिधिहरुलाई पनि पोखरामा नै उपस्थितिको लागी पत्र पठाएको छ । कर वृद्धिको विषयमा वास्तविकता बुझ्न कर अध्ययन समितिले गण्डकीका कास्कीसहितका केही स्थानीय तहसँग छलफल गर्ने छ । छलफल बुधबार विहान १० वजे नगर प्रशिक्षण केन्द्रमा हुनेछ ।

संविधानको मर्मअनुसार करको दर छ कि छैन भन्ने अध्ययन गर्न सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाको संयोजकत्वमा समिति बनेको हो । समितिले डाकेका स्थानीय तहसँग गण्डकी प्रदेशका गाउँपालिकाले लगाएको करको अहिलेको अवस्था र वैज्ञानिकतामाथि छलफल हुने बताइएको छ ।

प्रकाशित : 28 August, 2018

प्रतिक्रिया दिनुहोस्