केपी ओली प्रचण्ड माधव नेपाल एमाले


के गर्भवती हुनुहुन्छ ? कफिको प्रयोग नगर्नु होला !

सहयात्रा टिभी

काठमाण्डौ । भदौ–१२, कफि विश्व भरिनै रुचाइने एक लोकप्रिय पेयपदार्थ हो । हाल नेपालमा पनि यसको लोकप्रियता विस्तारै बढ्दै गएको पाइन्छ । कफिको चुस्कीका साथमा साथीभाईसँग बसेर गफ गर्नेहरुले समय वितेको पत्तो पाउँदैनन् । साहित्यकारहरुका लागी त चिया, कफि र वर्षा विना साहित्य नै फुर्दैन भनिन्छ ।

कफि सबैका निम्ति केवल सोख र रुचिले मात्र नजिक छैन् यसले मानव स्वास्थ्यलाई फाइदा पनि पु¥याइरहेको हुन्छ । नियमित रुपमा कफी पिउनाले मुटुको रोग, टाइप टु डायबिटिज, पार्किन्सन, डिप्रेशन जस्ता समस्याबाट बच्न सकिन्छ ।

तर गर्भावस्थामा भने कफिको प्रयोग गर्नु निकै हानिकारक मानिन्छ । गर्भवती भएको अवस्थामा खानेकुराहरुमा महिलाले निकै सतर्कता अपनाउनु पर्छ । यस अवस्थामा कुनै खानेकुरा बढि खानुपर्ने र कुनै खानेकुरा कम खानुपर्ने हुन्छ । यस्तो अवस्थामा कफि भने प्रयोग गर्दैनगर्नु राम्रो मानिन्छ ।

हुन त गर्भावस्थामा कफिको प्रयोग गर्न हुने या नहुने भन्ने सन्दर्भमा विद्धानहरुमा नै विवाद देखिँदै आएको थियो । तर पछिल्लो समयमा भने कफिको प्रयोग गर्भवती महिला र पेटको बच्चा दुवैका लागी हानिकारक हुन सक्नेमा धेरै विद्धानहरुको बहुमत पाइएको छ । खोजअनुसन्धानबाट पनि गर्भवती महिलाका निम्ति कफि हानिकारक भएको पत्ता लागेको छ ।

हालै स्विडेनमा गरिएको एक अध्ययनले गर्भावस्थामा कफिको प्रयोग गर्नाले गर्भवती महिला र पेटको बच्चा दुवैमा असर पर्ने तथ्य सार्वजनिक गरेको छ । स्विडेनको सहृलग्रेन्स्का विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार गर्भावस्थाको क्रममा यदि कुनै महिलाले १०० ग्राम क्याफिनको मात्रै सेवन गरेमा पनि उनीहरुको शिशुको तौल २१ देखि २८ ग्राम सम्म घट्न सक्छ ।

क्याफिनको सेवनले बच्चाको तौल मात्र होइन बच्चाको उचाइमा समेत प्रभाव पर्छ । एक अध्ययनले कफिको प्रयोगले गर्भवती महिलाको गर्भपतनको खतरा समेत हुनसक्ने देखाएको छ । गर्भावस्थामा हार्मोनको स्तर बढी हुनाले महिलाहरुलाई विहानै उल्टी हुने वा चक्कर आउँछ । त्यसले आम रुपमा गर्भपतनको खतरालाई कम गर्ने मानिन्छ । तर कफी पिउनाले यो लक्षण टाढा हुन सक्छ । जसले गर्भपतन हुन सक्ने सम्भावना बढाउँछ ।

कफि पिउने आदत लागेकाहरुलाई कफि नभइ हुँदैन् । कफि पनि एक नसा जस्तै नै हो, जुन बानि परेपछि छुटाउन मुस्किल पर्छ । आजभोलि त अझ कफि सबैको प्रिय बनेको छ । जहाँ जस्लाई भट्यो कफि पिउँन भन्ने प्रस्ताव आउनु सामान्य बन्दै गएको छ । सामान्य अवस्थामा कफि फाइदाजनक पनि हुन्छ । यसले विभिन्न रोगबाट बचाउन महत्वपूर्ण भुमिका खेल्ने गर्छ । यसले साथीभाईमा घनिष्ठता बढाउन समेत मद्यत गर्छ । तर गर्भवती महिलाहरुमा भने यसले असर गर्ने हुँदा यस अवस्थामा जतिसक्दो कफिबाट टाढा हुनु नै बुद्धिमानि हुन्छ, होइन भने पछि पछुताउनु भन्दा अर्को कुनै विकल्प बाँकि रहँदैन् ।

प्रकाशित : 28 August, 2018

प्रतिक्रिया दिनुहोस्