नेपालमा ढुक्क भएर लगानी गर्न बेलायतलाई नेकपा अध्यक्ष प्रचण्डको आग्रह

सहयात्रा टिभी

काठमाडौँ । भदौं १४, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बेलायती लगानीकर्तालाई नेपालमा ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभएको छ । आज खुमलटारस्थित आफ्नै निवासमा बेलायती सरकारको दक्षिण एशिया विभाग निर्देशक ग्यारेथ बेलीसँग भएको भेटबार्तामा दाहालले लगानीका लागि यस्तो आग्रह गर्नुभएको हो ।

राजनीतिक परिर्वतनपछि नेपालमा आर्थिक समृद्धिको लहर आएको उहांले बताउनुभयो । सो भेटवार्तामा नेपालमा हाल राजनीतिक स्थायित्व पनि कायम भएकाले ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभएको हो । दाहालले नेपालमा जलविद्युत्को प्रचुर सम्भावना भएकोले जलविद्युतको क्षेत्रमा लगानी गर्न पनि स्पष्ट गर्नुभयो ।

प्रकाशित : 30 August, 2018

प्रतिक्रिया दिनुहोस्