बिम्स्टेक शिखर सम्मेलन सुरु (लाइभ भिडियो )

काठमाडौं । भदौ १४, बिमस्टेक को चौथो शिखर सम्मेलन सुरु भएको छ। शिखर बैठकको प्रारम्भसँगै अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरिहनुभएकोे छ । ओलीको सम्बोधनपछि सदस्य देशका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखले वर्णानुक्रमअनुसार सम्बोधन गर्नुहुनेछ ।
आजको औपचारिक कार्यक्रम साँझ ६ बजे सकिएसँगै प्रधानमन्त्री ओलीले होटल ह्यातमा आयोजना गरेको रात्रीभोजमा अतिथीहरु सहभागि हुनुहुनेछ । शुक्रबार बिहान ११ बजे बिमस्टेकको दोस्रो सेसन सुरु हुने छ।
सम्मेलनमा बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना, भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवं प्रधानन्यायाधीश ल्योन्पो छिरिङ वाङचुक, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, म्यान्माका राष्ट्रपति विन मिन्त, श्रीलङकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना र थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चाले भाग लिइरहनु भएको छ ।
महत्वपूर्ण विषयमा हस्ताक्षर गर्दै काठमाडौँ घोषणापत्र जारी गर्दै भोलि अपराह्न शिखर सम्मेलन समापन हुनेछ।
Nepal Television यांनी वर पोस्ट केले गुरुवार, ३० ऑगस्ट, २०१८