केपी ओली प्रचण्ड माधव नेपाल एमाले


यो साता नेप्से ३ दशमलव १९ अङ्कले बढ्यो, सेयर कारोबारमा व्यापक कमी

सहयात्रा टिभी

काठमाण्डौं । भदौ–१५, यो साता सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) सामान्य बढे पनि कारोबार रकममा भने व्यापक कमी आएको हो । यो साता नेप्सेमा १ सय ८० कम्पनीहरुको ११ हजार सात सय ८८ कारोबारबाट २५ लाख ४२ हजार सात सय १० कित्ता सेयर खरिदबिक्री भई ८० करोड ३० लाख सात हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

यो साताभर जम्मा ३ दशमलव १९ अङ्कले नेप्से बढेको छ । यो साताको कारोबार भएको ४ दिनमा दुई दिन बढ्ने तथा दुई दिन घट्ने भए पनि बढ्ने गति तीव्र भएका कारण सातामा उच्च विन्दु कायम गरेको छ ।

यो साता सबैभन्दा बढी नेपाल इन्भेस्टमेन्ट बैङ्कको संस्थापक सेयर सात करोड ३९ लाख ६० हजार रुपैयाँ बराबरको रकमको कारोबार भएको छ । त्यसैगरी एनएमबी बैङ्कको एक लाख ३२ हजार कित्ता र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको पाँच सय ८८ ओटा कारोबार गरी अग्रस्थानमा छन् ।

यो साता सर्वाधिक बढी रकमको कारोबार गर्ने पाँच कम्पनीमध्ये नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ४ करोड ४५ लाख ८० हजार, एनएमबी बैङ्कको चार करोड पाँच लाख ५० हजार, एनआईसी एसिया बैङ्कको ३ करोड ३३ लाख ८० हजार र एनएलजी इन्स्योरेन्स कम्पनीको दुई करोड ४९ लख ५० हजार रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ ।

प्रकाशित : 31 August, 2018

प्रतिक्रिया दिनुहोस्