केपी ओली प्रचण्ड माधव नेपाल एमाले


काठमाण्डौं घोषणापत्र जारी गर्दै चौथो बिमस्टेक शिखर सम्मेलनको समापन

सहयात्रा टिभी

काठमाण्डौं । भदौ–१५, बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन काठमाण्डौं घोषणापत्र जारी गर्दै सम्पन्न गरिएको छ । १४ गते बिहिबारबाट सुरु भएको सम्मेलन आज काठमाण्डौं घोषणपत्र जारी गर्दै समापन भएको हो ।

बिमस्टेकको अध्यक्षको हैसियतले यस पटक नेपालले चौँथो बिमस्टेक सम्मेलनको आयोजना गरेको थियो । अध्यक्ष राष्ट्रको प्रधानमन्त्री भएको हैसियतले प्रधानमन्त्री केपी शर्मा ओलीले बिमस्टेकको आगामी अध्यक्षको रुपमा श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेनालाई पद हस्तान्तरण गरेका छन्।

प्रधानमन्त्री ओलीले बिमस्टेक चलायमान, प्रभावकारी र परिणाममुखि क्षेत्रीय संगठन निर्माण तर्फ सम्मेलन सफल भएको बताएका छन्।

प्रकाशित : 31 August, 2018

प्रतिक्रिया दिनुहोस्