केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुदुरपश्चिममा आजबाट गौरा पर्व सुरु

सहयात्रा टिभी

कञ्चनपुर । भदौ–१५, सुदुरपश्चिमका महिलाहरुको प्रमुख चाडको रुपमा मनाइने गौरा पर्व आजबाट सुरु भएको छ । महिलाहरुको विशेष चाडको रुपमा मनाइने यो पर्व आज पञ्चमीको दिनबाट सुरु गरिन्छ ।

आजको दिन महिलाले बिहानै स्नान गरी घरको एक कोठामा गाईको गोबरले लिपेर तामा पितलका भाँडाको बाहिरपट्टि पाँच ठाउँमा गाईको गोबर र दुबो लगाइ टीका र अक्षताले सिङ्गारेर धुप बत्ती बालेर पञ्चअन्न गहुँ, मास, गहत, गोरस र कलौ भिजाएर राखेर भगवन महेश्वरको आह्वान गर्ने गर्छन् ।

पार्वतीले कठोर तपस्या द्वारा शिवलाई पतिका रूपमा प्राप्त गरेको पौराणिक कथन अनुसार यस पर्वमा मुलतः गौरी अर्थात पार्वतीको पुजा आराधना गरिने भएकाले यसको नाम गौरा पर्व रहन गएको विश्वास गरिन्छ । यस पर्वमा शिव पार्वती सम्बन्धी विभिन्न कथाहरू भनिने र गीतहरू लयबद्ध रूपमा गाइने भएकाले यसलाई गीति पर्वका रूपमा पनि लिइन्छ ।

एक साता सम्म मनाइने यो पर्वलाई काम पछिको विश्राम र आफन्तजनसँगको भेटघाटको अवसरका रुपमा पनि लिने गरिन्छ ।

विवाहित महिलाले गौरा पर्वमा बर्त बसी कण्ठसूत्र धारणा गर्नुपर्ने र पुरुषसरह गायत्रीजप गरी भोजन ग्रहण गर्ने प्रचलन छ ।

सप्तमीका दिन महिलाले दिनभरि बर्त बसेर आफ्नो परिवारको सुख, समृद्धि र चिरायूको कामना गर्दै गौरा राख्ने ठाउँमा महेश्वरको पूजा गर्ने समेत यहाँको समाजमाको चलन रहेको छ ।

प्रकाशित : 31 August, 2018

प्रतिक्रिया दिनुहोस्