केपी ओली प्रचण्ड माधव नेपाल एमाले


के ग्रीन टि पिउने गर्नु भएको छ ? जानिराख्नुस् यसका फाइदाहरु

सहयात्रा टिभी

काठमाण्डौं । भदौ–१७, आजभोली ग्रीन टि निकै लोकप्रिय बनेको छ । मानिसहरुले कुनै साथीभाईसँग भेट हुँदा होस वा घरमा कोहि पाहुना आउँदा चिया कि कफि लिउँ भन्ने ठाउँमा ग्रीन टि पनि थपिएको छ । अस्वस्थ खानपानका कारण मासिनहरु रोगी बन्दै जाँदा रोगहरुबाट बच्च वा लागेका रोगहरुलाई कम गर्न पनि मानिसहरुको छनौटमा ग्रीन टि परेको देखिन्छ ।

ग्रीन टि चियाको पातलाई प्रशोधन नगरि सोझै तयार गरिएको चिया हो । यो चिया तयार गर्न दुध, चिनिको आवश्यकता पर्दैन् । तताईएको पानीलाई आवश्यकता अनुसार ग्लासमा राखिएको ग्रीन टिमा हालेपछि टि तयार हुन्छ ।

न दुधको आवश्यकता पर्ने न चिनिको आवश्यकता पर्ने, न बनाउन समय लाग्ने त न चिनि बढि वा कम भयो कि भन्ने डर हुने साथै स्वाद पनि साधारण चियाको भन्दा मिठो र स्वादिष्ट हुने हुँदा यसको माग बढ्दै गएको हो । यो सजिलोका लागी मात्र होइन् स्वास्थ्यको हिसाबले पनि लाभदायी छ ।

ग्रीन टि खासमा एन्टि अक्सिडेन्टको स्रोत हो । ग्रीन टि एन्टिअक्सिडेन्टले भरिपूर्ण हुन्छ जसले मुटुसम्बन्धी रोग लाग्न दिँदैन, मस्तिष्कको कार्यसम्पादनमा सुधार ल्याउँछ र क्यान्सर हुने सम्भावना कम गराउँछ । ग्रीन टिमा एपिगलोकेटेशिन-३ गलेट जस्ता तत्व हुन्छन्, जसले क्यान्सरको कोशिकालाई बढ्न दिदैन । ग्रीन टिले क्यान्सरको जोखिम २५ प्रतिशतसम्म कम गर्ने विभिन्न अध्ययनले पुष्टि गरिसकेको छ ।

यसका अन्य फाइदाहरुलाई यसप्रकार हेर्न सकिन्छ :

१) यसले मानसिक तनावलाई कम गर्न मद्यत गर्छ,
२) यसले कोलेस्ट्रोलको मात्रामा कम गरि मुटु सम्बन्धि रोग लाग्नबाट बचाउन मद्यत गर्छ,
३) यसले आँखाको ज्योती बढाउन मद्यत गर्छ,
४) यसले शरिरको तौल नियन्त्रणमा सहयोग पु¥याउँछ,
५)उच्च रक्तचाप र मधुमेह घटाउन समेत ग्रीन टि उपयोगी मानिन्छ,
६) यसले छालाको चमक बढाउन मद्यत गर्नुको साथै बुढोपना समेत कम गर्छ
७) ग्रीन टि नियमित सेवन गर्नाले आयु समेत बढाउन सहयोग पुग्छ,
८) ग्रीन टिले दाँत र गिजालाई स्वस्थ राख्न मद्यत गर्छ,
९) पाचन यन्त्रलाई तन्दुरुस्त राख्न पनि ग्रीन टि उपयोगी मानिन्छ,
१०) यसले अल्जाइमर र पार्किन्सन जस्ता रोगहरुको सम्भावना कम गर्छ ।

प्रकाशित : 2 September, 2018

प्रतिक्रिया दिनुहोस्