केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आज नेप्से ३ दशमलव ६९ अङ्कले बढ्यो

सहयात्रा टिभी

काठमाण्डौं । भदौ–१९, आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) साताको तेस्रो दिन मङ्गलबार तीन दशमलव ६९ अङ्कले बढेको छ । एक हजार दुई सय छ दशमलव ९८ अङ्कबाट सुरु भएको नेप्से तीन अङ्कले बढेर एक हजार दुई सय नौ दशमलव ९५ अङ्कमा रोकिएको हो ।

तिव्र उतराचढाव भएको नेप्से कारोबार सुरु भएदेखि बढ्दै तीन अङ्कले सुधार भएर फेरि चार अङ्कले झरेको थियो । तर, फेरि तीव्र गतिमा सुधार आएको नेप्से सात अङ्कले बढेर पुनः ओरालो लाग्दै तीन अङ्क बढेको अवस्थामा बन्द भएको छ ।

आज नेप्सेमा एक सय ७२ कम्पनीका पाँच हजार सात सय ४० कारोबारबाट १७ लाख ५५ हजार पाँच सय ८७ कित्ता सेयर किनबेच भई ५२ करोड १९ लाख २२ हजार पाँच सय ७२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेप्सेमा हिजो सोमबार एक सय ६९ कम्पनीका पाँच हजार नौ सय ७१ कारोबारबाट १८ लाख ९८ हजार तीन सय ५ कित्ता सेयर खरिदबिक्री भई ५४ करोड ६० लाख २१ हजार सात सय १९ रुपैयाँबराबरको कारोबार भएको थियो ।

आज होटल १२ दशमलव ५६, बैङ्किङ ५ दशमलव ७, निर्जीवन बिमा ४ दशमलव ३७, विकास बैङ्क ३ दशमलव ५ र अन्य १ दशमलव ४७ अङ्कले बढेको छ । बजार सामान्य अङ्कले बढेको दिन आज नेप्सेमा लक्ष्मी बैङ्कको सेयर ४ सय १० पटक कारोबार भएको छ भने काबेली विकास बैङ्कको सेयर मूल्य ९ दशमलव २६ प्रतिशतले बढेको छ ।

आज सबैभन्दा बढी जलविद्युत् नौ दशमलव ९९ ले घटेको छ । साथै उत्पादनमूलक, वित्त, लघुवित्त, जीवन बिमा पनि सामान्य अङ्कले घटेको छ ।

प्रकाशित : 4 September, 2018

प्रतिक्रिया दिनुहोस्