केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भुत सम्झिएर श्रीमतीमाथि खुकुरी प्रहार

सहयात्रा टिभी

काठमाण्डौं । भदौ–२०, आजको जमानामा पनि भुतप्रेतको विश्वास गर्ने मानिसहरु प्रसस्तै भेटिन्छन् । भुतप्रेतमा विश्वास नगर्नेहरु र भुत हुँदैन भन्नेहरु पनि राति भएपछि भुतको नाममा डराउने, तर्सने गरेको पनि पाइन्छ ।

तर नेपालमा नै भुत सम्झेर श्रीमानले श्रीमतीलाई नै खुकुरी प्रहार गरेको घटना भने निकै आश्चर्यजनक घटना बन्न पुगेको छ । भुतको विश्वास गर्नु, भुत आउल, तर्साउला भनेर डराउनु त स्वभाविक हो तर डरले त्यति सम्म गाँजेर आफ्नै श्रीमती नचिन्ने अवस्थामा पनि कोहि पुग्ला भन्ने चाँहि नसोचेको विषय हो ।

नेपालको ओखलढुङ्गा जिल्लाको खिजीदेम्वा गाँउपालिका ८ मा हितबहादुर विकले भुत सम्झेर आफ्नै श्रीमतीलाई खुकुरी प्रहार गरेका छन् । सोमबार मध्यरातमा विकले भुतले तर्साएको भन्दै निन्द्रामै भएको अवस्थामा श्रीमतीमाथि खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।

भूतको छाँया जस्तो लागेर सिरानी मुनीको खुकुरी झिकेर प्रहार गर्दा छेउमै सुतेकी श्रीमती गीतामाया विश्वकर्मालाई खुकुरीले लागी गम्भीर घाइते भएकी हुन् । गीतामायाको टाउको, ढाड र पाखुरामा चोट लागेको बताइएको छ ।

घटना हुनासाथ घाइते गीतामायालाई हेलिकोप्टरबाट उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले बताए ।
हितबहादुर विकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिहरेको छ ।

प्रकाशित : 5 September, 2018

प्रतिक्रिया दिनुहोस्