केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आज नेप्से २३ अङ्कले बढ्दा ७१ करोडको कारोबार

सहयात्रा टिभी

काठमाण्डौं । भदौ–२०, बुधबार नेप्से २३ दशमलव २१ अङ्कले बढेर ७१ करोड बराबरको कारोबार भएको छ । आज १ हजार २ सय १० दशमलव ४६ अङ्कबाट सुरु भएको बजार एकाएक २३ अङ्कले बढ्दै १ हजार २ सय ३३ दशमलव ४५ अङ्क कायम भई बन्द भएको हो ।

नेप्सेमा १ सय ६७ कम्पनीका ७ हजार ७ सय ६५ कारोबारबाट २३ लाख ४१ हजार ८ सय ६३ कित्ता सेयर किनबेच भई ७० करोड २० लाख १६ हजार ३ सय ६ रुपैयाँ बराबरको कारोबार भएको छ । यो मंगलबारको कारोबार भन्दा १७ करोडले बढि हो ।

आज सबै समुहको कारोबार भएको छ । व्यपार र उत्पादनमूलकमा गिरावट आएको छ भने बाँकी समूहमा उत्साहजनक वृद्धि भएको देखिएको छ ।

आजको कारोबारमा व्यपारमा २ दशमलव ७९ र उत्पादनमूलकमा ३६ दशमलव ७४ अङ्कले गिरावट आएको छ ।

त्यसैगरि आज निर्जीवन बिमा १ सय ६२ दशमलव ५७, जीवन बिमा ९३ दशमलव २७, लघुवित्त ४१ दशमलव ७३, जलविद्युत् ३१ दशमलव ८५, बैङ्किङ २२ दशमलव ३८, विकास बैङ्क २८ दशमलव २१, होटल १९ दशमलव ११ र वित्त ९ दशमलव ५२ अङ्ले बढेको छ ।

प्रकाशित : 5 September, 2018

प्रतिक्रिया दिनुहोस्