केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रधानन्यायाधीशमा प्रस्तावित मिश्रविरूद्ध चार उजुरी

सहयात्रा टिभी

काठमाण्डौं । भदौ–२१, प्रधानन्यायाधीशमा प्रस्तावित सर्वोच्च अदालतका कायममुकायम प्रधानन्याधीश ओम प्रकाश मिश्र विरूद्धमा संसदीय सुनुवार्इ विशेष समितिमा चार उजुरी परेको छ । बुधबार मिश्रविरुद्ध उजुरी गर्ने अन्तिम दिन सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरेको, एनसेलको मुद्दामा अन्तरिम आदेशमार्फत् कर छलीमा सहयोग गरेकोलगायतका विभिन्न चार विषयमा मिश्रविरूद्ध उजुरी परेको हो ।

उनीविरुद्ध सशस्त्रका पूर्वडिआइजी रञ्जन कोइरालाको मुद्दामा घुस खाएको उजुरी छ। त्यसैगरि हाँडीगाउँको जग्गा, एनसेलका सम्बन्धमा गरिएको आदेश र शैक्षिक प्रमाणपत्रका सम्बन्धमा मिश्रविरुद्ध उजुरी परेको हो ।

उजुरीकर्ताले, ‘यस्ता भ्रष्ट व्यक्तिलाई प्रधान न्यायाधीश बनाउँदा न्याय नै समाप्त हुने भएकाले निजलाई प्रधानन्यायाधीश बन्नबाट रोकिपाउँ,’ भनि लेखेका छन् ।

बरिष्ठताका आधार भदौ ७ गते संवैधानिक परिषदबाट प्रधानन्यायाधीशमा सिफारिस गरिएका प्रधानन्यायाधीश मिश्रमाथि परेका उजुरीहरुको शीलबन्दी भदौ २२ गतेको बैठकमा खोलिने संसदीय सुनुवाई समितिले जनाएको छ ।

प्रकाशित : 6 September, 2018

प्रतिक्रिया दिनुहोस्