केपी ओली प्रचण्ड माधव नेपाल एमाले


चीन र पाकिस्तानबीच आर्थिक मार्गबारे छलफल

सहयात्रा टिभी

एजेन्सी । भदौ–२४, चीन र पाकिस्तानका विदेशमन्त्रीबीच चीन–पाकिस्तान आर्थिक मार्ग (सीपिइसी)बारे छलफल भएको छ । चीनका विदेश मन्त्री वाङ यी र पाकिस्तानी समकक्षी शाह मेहमुद कुरेसीबीच इस्लामावादमा सीपिइसीबारे शनिबार वार्ता भएको पाकिस्तानले जनाएको छ।

वार्तामा आर्थिक मार्गसँगै बेइजिङ र इस्लामावादबीचको आपसी चासोका बिषयमा छलफल भएको हो।
तीन दिने पाकिस्तान भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङले चीनले पाकिस्तानको विकासका लागि सहयोग गर्ने पूरानो अडान दोहोर्‍याउँदै चीनले पाकिस्तानसँग दुई देशबीचको व्यापक रणनीतिक सहकार्यका सहमत भएको पाकिस्तानी समाचार संस्था जियो न्यूजले जनाएको छ

पाकिस्तानका वैदेशिक कार्यालयका प्रवक्ता मुहम्मद फैसलले भने९ चिनियाँ विदेशमन्त्री वाङले पाकिस्तानको सामाजिक, आर्थिक तथा विकास पूर्वाधारका कार्यक्रमप्रति दरिलो समर्थन रहने बताएका छन् ।
चीन–पाकिस्तान आर्थिक करिडोर, आर्थिक सहकार्य, सांस्कृतिक तथा शैक्षिक आदानप्रदान गर्ने बिषयमा छलफल केन्द्रीत भएको फैसलले जानकारी दिए।

प्रकाशित : 9 September, 2018

प्रतिक्रिया दिनुहोस्