केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कृष्णप्रसाद अधिकारी हत्याकाण्डका आरोपी छविलाल रिहा

सहयात्रा टिभी

काठमाण्डौं । भदौ–२५, गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्याकाण्डमा जिल्ला अदालत, चितवनबाट सफाइ पाएका छविलाल पौडेल कारागारबाट रिहा भएका छन् ।चितवन जिल्ला अदालतले सफाइ दिएसँगै पौडेल सोमबार बिहान डिल्लीबजार कारागारबाट छुटेका हुन् ।

चितवनका मुख्य न्यायाधीश कुलप्रसाद शर्माको इजलासले १३ प्रतिवादीमध्ये १२ जनालाई सफाइ दिने फैसला गरे अनुसार पौडेल रिहा भएका हुन् । अधिकारीको हत्या आरोप खेपेका अधिकारीलार्इ गत असार २५ गते सर्वोच्च अदालतमा आत्मसमर्पण गरेपछि जेल चलान गरिएको थियो । त्यसको करिब २ महिनापछि पौडेलसहित १२ ले सफाइ पाएका हुन् । मुद्दा खेपेका १२ मध्ये छविलाल जेल परे पनि अन्य भने पक्राउ परेका थिएनन् ।

रिहाइपछि पौडेलले पीडित परिवारले नबुझेर आफूविरुद्ध उजुरी दिएको प्रतिक्रिया दिए ।कृष्णप्रसाद आफ्नो विद्यार्थी भएको उल्लेख गर्दै पौडेलले घटनापछि आफू निकै दुःखी भएको स्मरण गरे ।

उनले आफूलाई नराम्रो भए पनि आरोप लगाउनेहरुप्रति सदीक्षा व्यक्त गरे । ‘उहाँहरुलाई राम्रो होस्, हामीलाई जे–जे भए पनि’, उनले भने ।
उनले अन्यायमा परेकाले न्याय पाउने विश्वास व्यक्त गर्दै सबैको साथ र सहयोगको अपेक्षासमेत उनले व्यक्त गरे ।फरार एक आरोपीबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा उनले केही जानकारी नभएको प्रतिक्रिया दिए ।

प्रकाशित : 10 September, 2018

प्रतिक्रिया दिनुहोस्