केपी ओली प्रचण्ड माधव नेपाल एमाले


संयुक्त सैनिक अभ्यासमा नेपाली सेना सहभागी नहुने

सहयात्रा टिभी

काठमाण्डौं । भदौ–२५, भारतको पुनामा हुने बहुक्षेत्रीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ९बिमस्टेक० सदस्य राष्ट्रको संयुक्त सैनिक अभ्यासमा नेपाली सेना सहभागी नहुने भएको छ ।

सरकारको निर्देशनअनुसार संयुक्त अभ्यासमा नेपाली सेनाले सहभागिता नजनाउने निर्णय गरेको नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले जानकारी दिए । परराष्ट्रमन्त्री प्रदीप ज्ञावलीले बिमस्टेक शिखर सम्मेलनका क्रममा कुनै पनि तहमा संयुक्त सैनिक अभ्यास सम्बन्धी छलफल र निर्णय नभएको प्रतिक्रिया दिएका छन् । शिखर सम्मेलनलाई सम्बोधन गर्ने क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त अभ्यास सम्बन्धी कुरा उठाएका थिए ।

उक्त अभ्यासको तयारीका सन्दर्भमा सेनाको तीन सदस्यीय टोली भने केही दिनअघि नै त्यहाँ पुगिसकेको थियो । बिमस्टेक स्थापनाको उद्देश्य विपरीत संयुक्त अभ्यास हुन लागेको भनी आलोचना भएपछि सरकारले सेनालाई उक्त अभ्यासमा सहभागी नहुन निर्देशन दिएको हो ।

प्रकाशित : 10 September, 2018

प्रतिक्रिया दिनुहोस्