केपी ओली प्रचण्ड माधव नेपाल एमाले


निर्मला हत्या अनुसन्धान छानबिन समितिका सदस्य केसीद्धारा राजिनामा

सहयात्रा टिभी

काठमाडौं। भदौ २५, निर्मला पन्त हत्याको अनुसन्धानका लागि गठित उच्चस्तरीय छानबिन समितिका सदस्यमध्येका एक बीरेन्द्र बहादुर केसीले राजीनामा दिएका छन् । प्रदेश ७ का आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिवसमेत रहेका केसीले सोमबार रिपोटर्स क्लबमा पत्रकार सम्मेलन गरि समितिको सदस्यबाट राजीनामा दिएको जानकारी दिएका हुन् । केसीले निर्मला हत्याको छानबिनबारे थप भएको म्यादमा असन्तुष्टि जनाउदै राजीनामा दिएका हुन्।

निर्मलाको न्यायका लागि नै मैले राजीनामा दिएको हुँ, म्याद थप गरिएकोमा मेरो असन्तुष्टि हो। अब म समितिमा बसेर काम गर्न सक्दिन केसीले भने ।

आफूले तोकिएको १५ दिनको समयावधिभित्रै प्रतिवेदन पेश गर्ने उद्देश्यले प्रतिवेदनको मस्यौदा तयार पारेको र डिएनए टेष्टको कम्प्लिकेशन, र १५ दिनभित्र प्रतिवेदन पेश नगरेमा हुनसक्ने सम्भावित दुर्घट्ना र अपराधी उम्कन सक्ने सम्भावनाबारे समितिसमक्ष बारम्बार आफ्ना धारणा राख्दै आएको थिए । मेरा धारणा र तथ्य अव ओझेलमा पर्न सक्ने देखेर राजीनामा दिएको केसीले बताए ।

उनले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘घट्नाको छानबिनको क्रममा सत्य, तथ्य प्राप्त गर्ने र मुख्य अपराधी पत्ता लगाउन लागीपर्ने अठोटसँगै आफू क्रियाशील रहँदा मेरो ज्यान जोखिममा रहेको र शक्तिशाली अपराधीबाट मलाई जुनसुकै समयमा पनि हत्या गर्न सक्ने प्रवल सम्भावना रहेकाले, नेपाल सरकार, राष्ट्रिय मानवअधिकार आयोग, युनाईडेट नेशन ह्युम्यान राईट्स अफिस अफ द हाई कमिशन, मानव अधिकार सम्र्वद्धन तथा प्रर्वद्धन गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था, सञ्चार जगत नागरिक समाज र राजनीतिक दल लगायतलाई मेरो जीवन रक्षाको लागि सहयोग गरिदिन हार्दिक आग्रह गर्दछु’ केसीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । यस हिसावले अव निर्मला पन्तको हत्यमा संलग्न हत्याराले सजिलै उम्किने होकि भन्ने प्रश्न उव्जिएको छ ।

प्रकाशित : 10 September, 2018

प्रतिक्रिया दिनुहोस्