केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आज नेप्सेमा ८ अङ्कको गिरावट

सहयात्रा टिभी

काठमाण्डौं । भदौ–२५, आज सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज ९नेप्से० ८ दशमलव १० अङ्कले घटेर बन्द भएको छ । १ हजार २ सय १९ दशमलव १४ अङ्कबाट सुरु भएको बजार ८ अङ्कले घट्दै १ हजार २ सय १० दशमलव ८८ अङ्क कायम भएको छ ।

आज नेप्सेमा १ सय ६२ कम्पनीका ३ हजार ७ सय ९४ कारोबारबाट ११ लाख ५९ करोड २ सय ७२ कित्ता सेयर खरिदबिक्री भई २७ करोड ७४ लाख २२ करोड ९ सय ६७ रुपैयाँ बराबरको कारोबार भएको छ ।
परिसूचक घटेको दिन आज नेप्सेमा कारोबार भएका १० समूहमध्ये उत्पादनमूलक २४ दशमलव ६८ र लघुवित्त १३ दशमलव ३१ अङ्कले बढेको छ । त्यसबाहेक नेप्सेका सबै सूचक घटेका छन् । आज व्यापार समूहको कारोबार भएन ।
यस्तै निर्जीवन बिमा ५८ दशमलव ५९, होटल ४५ दशमलव ९५, जीवन बिमा २० दशमलव १८, विकास बैङ्क १० दशमलव २८, जलविद्युत् १० दशमलव ७५ अङ्कले घटेका छन् । सोमबार नेप्सेका अन्य समूहमा भने सामान्य गिरावट आएको छ ।

प्रकाशित : 10 September, 2018

प्रतिक्रिया दिनुहोस्