केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भुकम्पमा परी ज्यान गुमाउनेको संख्या ४४ पुग्यो

सहयात्रा टिभी

एजेन्सी । भदौ–२५, जापानमा गत साताको भूकम्पका कारण सिर्जित पहिरोमा परी मृत्यु हुनेको संख्या ४४ जना पुगेको स्थानीय प्रहरी अधिकारीहरुले जनाएका छन् । भूकम्प पीडितको उद्धार र राहतका लागि अझै पनि दशौं हजार सेना र प्रहरी परिचालन गरिएको छ ।

मन्त्रिपरिषद्का मुख्य सचिव योसिहिडे सुगाले हराइरहेका व्यक्तिको खोजी कार्य सकिएको बताएका छन् । करिब ४० हजार प्रहरी, सेना र अन्य उद्धारकर्मीहरुले अस्थायी शिविरमा आश्रय लिइरहेका दुई हजार ७०० भन्द बढी व्यक्तिलाई सहयोग गरिरहेका छन् ।

गत साता उत्तरी जापानको होक्काइडो द्वीप आसपास केन्द्रविन्दु भएको शक्तिशाली भूकम्प गएको थियो । मृत्यु भएका अधिकांश व्यक्ति सानो ग्रामीण इलाका आट्सुमाका रहेका छन् । करिब ६.६ म्याग्नीच्यूडको भूकम्पका कारण माथिबाट बगेको पहिरोले गाउँमा जनधनको ठूलो क्षति गरेको थियो ।

मुख्य सचिव सुगाले स्थानीय जनतालाई आफ्ना घरहरुमा फिर्ता ल्याउन सरकारले सबै प्रकारको सहयोग उपलब्ध गराउने बताएका छन् । उनले भूकम्प प्रभावित क्षेत्रमा ठूलो वर्षा हुने मौसम भविष्यवाणी अझै पनि प्राप्त भइरहेकाले जनधनको सुरक्षालाई सरकारले उच्च प्राथमिकतामा राखेको संवाददाताहरुलाई बताएका छन् ।

प्रकाशित : 10 September, 2018

प्रतिक्रिया दिनुहोस्