केपी ओली प्रचण्ड माधव नेपाल एमाले


श्रीमतीलाई थाहा नदिइ श्रीमानद्धारा सम्बन्ध विच्छेद

सहयात्रा टिभी

स्याङ्जा । भदौ–२५, श्रीमान् श्रीमतीको सहमतिमा सम्बन्ध विच्छेद स्वभाविक हो तर यहाँ श्रीमतीलाई थाहा नै नदिइ सम्बन्ध विच्छेद गरेको घटना सार्वजनिक भएको छ ।

आफूलाई थाहा नै नदिइ श्रीमानले सम्बन्ध विच्छेद गरेको भन्दै आज स्याङ्जा जिल्ला अदालतमा ५० वर्षीया मीनाकुमारी क्षेत्रीले उजुरी दिएकी हुन् । उनले रुँदै अफुलाई थाहा नै नदिइ सम्बन्ध विच्छेद भएकाले न्याय दिनु प¥यो भनेकी छन् ।

भिरकोट नगरपालिका– ३ निवासी श्रीमान् मोहनकुमार क्षेत्रीले जालसाजी गरेर सम्बन्ध विच्छेद गराएको भन्दै मीनाकुमारीले उक्त अदालतमा तीन वटा मुद्दा दर्ता गराएकी छन् । उनले हक कायम गराउन, जालसाजी र गाली बेइज्जतीको मुद्दा दर्ता गराएको स्रेस्तेदार नन्दप्रसाद आचार्यले बताए ।

आफूलाई थाहा नै नदिइ सम्बन्ध विच्छेद गरेकाले मुद्दा दायर गर्नुपरेको गुनासो गर्दै उनले भनिन्, “मलाई थाहा नै छैन कसरी भयो सम्बन्ध विच्छेद । श्रीमानले कुटपिट गर्ने, खान लाउन नदिइ राम्रो व्यवहार नगरेपछि माइतीको सहयोगमा पोखरा बसेर दुःख गरी दुई छोरीलाई पढाउँदै आएको र छोरी कृष्टीले गत असार ११ गते जिल्ला अदालतमा अंश माग गर्दै मुद्दा दर्ता गर्दा मात्र आफ्नो सम्बन्ध विच्छेद भइसकेको भन्ने कुरा थाहा पाएपछि अहिले आफू श्रीमानका बिरुद्ध उत्रिन बध्य भएको बताइन् ।

प्रकाशित : 10 September, 2018

प्रतिक्रिया दिनुहोस्