केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आजबाट तीज सुरु, आज दर खाएर तीज मनाइँदै

सहयात्रा टिभी

काठमाण्डौं । भदौ–२६, हिन्दू नेपाली महिलाहरुको महान चाड हरितालिका तीन आजबाट सुरु भएको छ ।
तीजको पहिलो दिन आज घरघरमा दर खाने चलन छ । तीज मनाउन माइतमा भेला भएका चेलीबेटीलाई माइतीहरुले खिर, ढकनी, हलुवा, विभिन्न मिठाई तथा दुध घ्यूबाट बनेका परिकार दरका रुपमा खाने चलन छ ।

हिमालय पर्वतकी पुत्री पार्वतीले ब्रत बसेका कारण महादेव पति पाएको विश्वासमा महिलाहरु तीजमा ब्रत बस्ने गर्दछन् । ब्रतको अघिल्लो दिन दर खाने प्रचलन छ । भोलिपल्ट दिनभर निरहार ब्रत बस्ने भएकाले अघिल्लो रात मीठामीठा परिकार खाएर ब्रत बस्ने गरिएको छ ।

दर खाँदा स्वास्थ्यमा प्रतिकुल प्रभाव पार्ने तत्व नखान तथा अखाद्य वस्तु, रंग हालेका मिठाई तथा विषादी हालेका तरकारी र फलफूल नखान स्वास्थ्यकर्मीहरुले सुझाव दिएका छन् । सजावटमा राखिएका मिठाई तथा फलफूल भन्दा घरमै बनाइएका ताजा परिकार खाएर तीज मनाउन चिकित्सकको सुझाव छ ।

 

प्रकाशित : 11 September, 2018

प्रतिक्रिया दिनुहोस्