केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अनुदानको मलमा कालोबजारी

सहयात्रा टिभी

काठमाण्डौं । भदौ–२६, पश्चिम पर्साको पकहामैनपुर १ ठोरेका नरसिंह बाबा सहकारी संस्थाले प्रतिबोरा (५० केजी) रु ७०० मा खरिद गरेको सरकारी अनुदानको रासायनिक मल प्रतिबोरा रु ८०० मा बिक्री गरेको पाइएको छ ।

कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय वीरगञ्जले उक्त संस्थाका अध्यक्ष माधवप्रसाद यादवलाई ढुवानी खर्चसमेत प्रतिबोरा रु ७५० भन्दा बढीमा बेचेमा कारबाही गर्ने चेतावनी दिँदै आएको थियो ।

अध्यक्ष यादवले क्षेत्रीय प्रवन्धक अजयकुमार श्रीवास्तवसमक्ष गुनासो गर्दै भने, “ढुवानी खर्च बढी लाग्ने, बाटोभरि ट्राफिक प्रहरीले रकम लिने गरेकाले प्रतिबोरा रु ७५० मा बेच्दा घाटा लाग्दछ । ” प्रतिबोरा रु ८०० मा बेच्ने नरसिंह बाबा सहकारी संस्था एउटा प्रतिनिधिपात्र मात्र हो जिल्लामा ११० सहकारी संस्थामार्फत कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालयले किसानमाझ रासायनिक मल पु¥याउँदै आइरहेका छन् ।

रासायनिक मलको कालोबजारी तथा कृत्रिम अभाव सिर्जना भएपछि जिल्लाका ग्रामीण क्षेत्रका किसान प्रभावित हँुदै आएका छन् । माग अत्याधिक भए पनि संस्थानले प्रतिसहकारी संस्थालाई एक पटकमा १०० बोरा मात्र रासायनिक मल दिने गरेको छ तर ग्रामीण क्षेत्रमा रहेका सहकारी संस्थाले मलको अभाव देखाएर बढी मूल्यमा बेच्ने गरेको पाइएको छ ।

सहकारी संस्थाले कृत्रिम अभाव सिर्जना गर्नु, बाटोमै अन्य व्यापारीलाई बढी मूल्यमा बिक्री गर्नुजस्ता करणले अहिले रासायनिक मल अभाव देखिएको छ । जबकि कृषि समाग्रीसँग अहिले पनि रासायनिक मल ३०० मेट्रिकटन, डिएपी ६५८ मेट्रिकटन तथा पोटास ६।९ मेट्रिकटन मौज्दात छ ।
क्षेत्रीय प्रबन्धक अजयकुमार श्रीवास्तवले बढी मूल्यमा मल बेचेको सूचना आएमा टोली खटाइ छानबिन गर्न लगाउने र बढी मूल्य लिएकोे पाइएमा त्यस्ता सहकारी संस्थाको प्रमाणपत्र खारेज गरिने बताए ।

उक्तकम्पनीले पर्सा जिल्लामा मात्र आर्थिक वर्ष ०७४÷७५ मा युरिया मल १० हजार ३७५ मेट्रिकटन, डिएपी पाँच हजार ७९९ मेट्रिकटन तथा पोटास १५१ मेट्रिकटन रासायनिक बिक्री गरिसकेको र आर्थिक वर्ष ०७५÷७६ को साउन महिनामा मात्र नौ हजार ६९८ मेट्रिकटन मल बिक्री गरिसकेको जनाएको छ ।

कम्पनीले क्षेत्रीयस्तरमा पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, सिन्धुली, मकवानपुर, काभ्रे, धादिङ, काठमाडौँ, त्रिशूली, चितवनलगायतका क्षेत्रमा रहेको २० हजार ११४ सहकारी संस्थामार्फत आर्थिक वर्ष ०७४÷७५ मा ५८ हजार १३९ मेट्रिकटन मल बिक्री गरेको छ ।

आन्द्र प्रदेशको बैशख्खापटन बन्दरगाहमा सात हजार पाँच सय मेट्रिकटन रसायनिक मल अड्किएको छ भने बाटोमा पाँच हजार मेट्रिकटन मल आइरहेकाले हाल यस क्षेत्रमा मल अभाव देखिएको हो । रसायनिक मल अभावको मौका छोपी सहकारी संस्थाले आफूखुशी बढी मूल्यमा मल बिक्री गर्ने गरेकाले धानखेती गर्ने किसानलाई समस्या परेको हो ।रासस
–––

प्रकाशित : 11 September, 2018

प्रतिक्रिया दिनुहोस्