केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पोखरामा ७० वर्षीया वृद्धा बलात्कृत

सहयात्रा टिभी

काठमाण्डौं । भदौ–२८,पोखरामा ७० वर्षीया वृद्धा बलात्कृत भएकी छन् । पोखरा महानगरपालिका वडा नम्बर ३१ नहरचोककी वृद्धा बलात्कृत भएको भन्दै पीडित परिवारले प्रहरीमा किटानी जाहेरी दिएका छन् ।

बुधबार दिउँसो रक्सीले मातेका ४५ वर्षीय रेवतीरमण पाण्डेले वृद्धाको बलात्कार गरेको बताइएको छ । वृद्धाले राम्रोसँग आखाँ देख्न र बुढेस्कालले गर्दा बोल्न समेत राम्रोसँग सक्दिनन् ।

श्रीमती माइत गएका बेला पाण्डेले बृद्धालाई घरकै कोठामा थुनेर जबरजस्ती गरेको स्थानीयको भनाई छ । एउटै घरको फरक कोठामा बस्ने पाण्डेले वृद्धाको छोरा सामान किन्न बेगनासताल चोक गएका बेला ढोका थुनेर बलात्कार गर्न थालेको भन्दै स्थानीय एक युवकले वृद्धाको छोरालाई खबर गरेका थिए । उनको छोरा आउन्जेलसम्म पाण्डे र वृद्धा कोठाभित्रै थिए । भित्रबाट चुकुल लगाइएको थियो ।

ति वृद्धाको छोरोले ढोका खोलेर पाण्डेलाई कुट्न थालेपछि पाण्डे उम्केर साइकल लिएर भागेको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । पीडित महिला र उनको परिवारले पाण्डेविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका छन् । प्रहरीले यसबारे अनुसन्धान अघि बढाएको छ ।

प्रकाशित : 13 September, 2018

प्रतिक्रिया दिनुहोस्