केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नौ हजारबढी नेपाली कामदार मलेसियाको कालोसूचीमा पर्ने खतरा

सहयात्रा टिभी

काठमाण्डौं । भदौ–२८, कलिङ भिसा लिएर पनि उड्न नआएपछि करिब ९ हजार नेपाली कामदार मलेसियाको कालोसूचीमा पर्ने खतरा बढेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रनलयले जेठ २ गतेपछि बन्द गरेको मलेसियाको रोजगारी खुल्ने निश्चित नहुँदा त्यस्तो खतरा देखिएको हो ।

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले कामदारलाई हित हुने गरी गरेको उक्त निर्णय विविध कारणले टुंगोमा पुग्न ढिलो हुँदा कलिङ भिसा पाइसकेका कामदार केही दिनमै मलेसियाको कलोसूचीमा पर्ने खतरा बढेको हो ।

कामदारसँग चर्को शुल्क लिएको भन्दै मन्त्रालयले मलेसिया सम्बद्ध भिएलएन, बायोमेट्रिक, ओएसी, आइएससी र माइग्रान्स खारेज गरेपछि जेठ २ गतेयता कोही पनि नेपाली मलेसिया जान पाएका छैनन् ।

सरकारले उक्त निर्णय अघि नै स्वास्थ्य परीक्षण लगायत प्रक्रिया पुरा गरिसकेका ९ हजार २ सय ३७ कामदारको रोजगारदाताले कलिङ भिसा पठाइसकेको बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले बताए ।

प्रकाशित : 13 September, 2018

प्रतिक्रिया दिनुहोस्