केपी ओली प्रचण्ड माधव नेपाल एमाले


न्यायाधीश दीपकराज जोशीले इजलास पाए

सहयात्रा टिभी

काठमाण्डौं । भदौ–२८, सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले इजलास पाएका छन् ।प्रधानन्यायाधीशमा अस्वीकृत भएपछि घर विदामा बसेका जोशी नयाँ प्रधानन्यायाधीश नियुक्तिपछि सर्वोच्चमा फर्किएका थिए ।

प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले पहिलो दिन जोशीलाई मुद्दा हेर्न दिएनन् । तर, शुक्रबार उनलाई एकल इजलास तोकिएको छ । संसदीय सुनवाई विशेष समितिले जोशीलाई प्रधानन्यायाधीशमा अस्वीकृत गरेपछि नयाँ प्रधानन्यायाधीश ओमप्रकाश मिश्र बनेका छन् ।

प्रकाशित : 13 September, 2018

प्रतिक्रिया दिनुहोस्