केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बलात्कारको घटनालाई मेलमिलाप गराउन प्रदेश सांसदको घरमा पञ्चायती

सहयात्रा टिभी

रौतहट । भदौ–२८, रौतहटमा बलात्कारको घटना मेलमिलाप गराउन प्रदेश सांसदको घरमा पञ्चायती बसेको पाइएको छ ।गढिमाई नगरपालिका ३ मा १२ वर्षकी बालिकामाथि भएको बलात्कारको घटना मिलाउन पदेश सांसद हब्दुल कलाम आजाद ९फुलबाबु० को घरमा पञ्चायती बसेको हो ।

स्थानीय १२ वर्षकी बालिकालाई ५५ वर्षका सहमद अन्सारीले बलात्कार गरेको भन्दै उजुरी दिन लागेका पीडित परिवारलाई चार दिनसम्म प्रहरी कार्यालय जान नदिई गाउँमै मिलाउने प्रयास गरिएको खुलासा भएको छ । रौतहट ४ ९ख० बाट निर्वाचित प्रदेश सांसद फुलबाबुको घरमा पीडित र आरोपी पक्षलगायत स्थानीय जनप्रतिनिधि बसेर मेलमिलापको प्रयास गरेको पीडित परिवारले जनाएको छ ।

पञ्चायतीले पीडित पक्षलाई १ लाख ७० हजार क्षतिपूर्ति दिने निर्णय गरी घटना गाउँमै मिलाउन खोजेको थियो । बलात्कार आरोपी सहमद अन्सारीबाट १ लाख ७० हजार जरिवाना लिने र पीडित परिवारलाई १ लाख २० हजार दिने बाँकी ५० हजार पञ्चायतीमा रहेका जनप्रतिनिधिहरुलाई बाँड्ने निर्णय भएपछि आफूहरु प्रहरीमा उजुर गर्न आएको आफन्त अजुल मियाँले बताए ।

भदौ २० गते घरमा कोही नभएको मौका छोपी अन्सारीले छोरीलाई बलात्कार गरेको भन्दै बालिकाकी आमाले प्रहरीमा किटानी जाहेरी दिएकी छन् । बालिकाको आमाले प्रदेश सांसद फूलबाबुको घरमा पीडित पक्ष र आरोपित पक्षका व्यक्तिहरु बसेर घटना मेलमिलापमा टुंग्याउन दबाब दिएको बताइन् ।

प्रकाशित : 13 September, 2018

प्रतिक्रिया दिनुहोस्