केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आज नेप्से १४ अङ्कले बढ्दा ७२ करोडको कारोबार

सहयात्रा टिभी

काठमाण्डौं । भदौ–२८, आज सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) १४ अङ्कले बढेदा ७३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीबार नेप्से परिसूचक दोहोरो अङ्कले बढेसँगै कारोबार रकम पनि बढेको छ ।

१ हजार २ सय ३० दशमलव ८९ अङ्कबाट सुरु भएको नेप्से १४ दशलमव १३ अङ्कको वृद्धि आएसँगै १ हजार २ सय ४४ अङ्क कायम भएको छ । काराबार सुरु भएदेखि बढ्न थालेको नेप्सेमा १३ अङ्कको वृद्धि आएपछि बढेकै अवस्थामा केही घटे पनि फेरि बढ्दै १४ अङ्कको वृद्धि भेट्टायो । केही उतारचढाव देखिँदै उकालो लागेको नेप्से अन्तिम समयमा आफ्नो बढ्दो बाटो समाउँदै दोहोरो अङ्कको वृद्धि छाएको हो ।

नेप्से परिसूचक करिब साढे १२ सय अङ्क नजिक पुगेको दिन आज नेप्सेमा १ सय७३ कम्पनीका ७ हजार ४ सय ३६ कारोबारबाट २७ लाख ११ हजार १ सय १० कित्ता सेयर खरिदबिक्री भई ७२ करोड ९८ लाख ५ हजार ५ सय ४६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज नेप्सेमा वर्गीकृत ११ समूहमध्ये व्यापारको कारोबार नभई ३ समूहको सूचक घटे पनि बजारमा त्यसको प्रभाव परेन् । बजार बढेको दिन निर्जीवन बिमा ४१ दशमलव ४१, जिवन बिमा ११ दशमलव १८ र लघुवित्त ० दशमलव ६९ अङ्कले घटेको छ । यस्तै आज नेप्सेमा सबैभन्दा बढी होटल समूहको ३२ दशमलव १९, अन्य २२ दशमलव २९, बैङ्किङ १६ दशमलव २, विकास बैङ्क ११ दशमलव २७ अङ्कले बढेको छ भने अरु समूहमा सामान्य वृद्धि देखिएको छ ।

प्रकाशित : 13 September, 2018

प्रतिक्रिया दिनुहोस्